Saturday, January 3, 2009

झगडा राम्रै होला जस्तो छ

काम को शिलशिला म धेरै मोटर चड्ने गर्छु । तर मोटरहरुमा प्राय धेरै जसो मा एउटै समस्या देख्छु त्यो हो विद्यार्थी र बस कण्डक्टर बिचको झगडा । मलाइ थाहा भए अनुसार बस संचालक समिति, विद्यार्थी र सरकार बिच बकाइदाको सहमति भएको छ कालो प्लेट भएको ६ पाइंग्रे बसमा विद्यार्थीलाइ कार्डको आधारमा ४५प्रतिशत छुट दिने । तर ब्यवहारत किन बिद्यार्थी सित कचकच गरेका होलान्, कहि नभएको सहमति कोटा पुग्यो भनेर वा दिन्न नै भनेर वा यस्तै यस्तै ।किन सचेत र बिद्यान विद्यार्थीलाइ बढि बोल्न बाध्य पारेका होलान् । हामि विद्यार्थीका सम्मानिय दाजुभाइ बसका स्टाफ हरुले सरकारले दिएको छुटलाइ किन आफैले पकेट बाट झिकेर दिए जस्तो गरेका होलान् कि बसपार्कमा देखिने आफ्नो समुहको आडमा कालो अरिङगालको गोलो विद्यार्थि लाइ जिस्काएका हुन् । हामि बसमा हिड्ने केहि स्टाप भन्दा संबेदनशिल सचेत र बुद्घििजबि पनि छौ होला त्यसैले अन्जान सम्झेर सहेर बसौला तर कति दिन, कति जना सगं ।
हुनसक्छ उनिहरुको बिबशता होला ल घाटै भएको होला तर सहमति गरेपछि बिद्यार्थीलाई त्यसको मतलब त भएननि हो भने सरकार सितै माग्न गए भयो नि या नक्कली परिचय पत्र देखाएर ठगेका छन् भने हामि सित सिक्न आए हुन्छ नि बरु हामिले सिकाउने थियौ नि कुन परिचय पत्र सक्कलि कुन नक्कलि भनेर नत्र हामि विद्यार्थी संग के को कचकच हो र के यस्तै हो भने हामी हाम्रा ति दाजू भाइ सग लड्नै पर्ने हो त यदि हो भने झगडा भयो भने अब राम्रै झगडा होला जस्तो छ ।

No comments: