Thursday, December 11, 2008

युवा पुस्ता सँगै फुल्नु र फक्रिनुपर्छ नयाँ नेपाल

नेपाललीले आफ्नो अधिकार सुनिश्चित गर्न र आफ्ना आधारभुत आवश्यकता सहजरुपमा पर्ुर्ति गर्न जनमुखी संविधानको खाँचो रहेको छ । लामो समय देखि शोषित र शाशित हुँदै आएका नेपालीले आफ्नो पक्षमा संविधान वनाउन र आफैले संविधान लेख्न गएको चैत्र २८ गते ऐतिहासिक संविधान सभाको निर्वाचनमा सहभागि भए । निर्वाचनले ताजा जनादेश दिएको छ भलै निर्वाचनका परिणाण वारे विभिन्न टीकाटिप्पणी भएका हुन ।
पिंडी, सडक र सदनमा गरिएका अंडकल र अनुमान मात्र हैन,स्वदेशी र विदेशी राजनैतिक विश्लेषक तथा निर्वाचन र्सर्वेक्षकका ओंठ तालु सुक्ने गरि परिणाम आएको छ । र्सवसाधारणले समेत जित हारका वारेमा ठोकेको बाजीमा आंकलन भन्दाका भिन्न नतिजा आएको थियो । चुनाबमा जनताले जस्तो जनादेश दिए त्यसै अनुसार पार्टिहरुले आफ्नो भुमिका र जिम्मेवारी सम्हृाल्नु आवश्यक छ । हुन त यो निर्वाचन सरकार वनाउने र चलाउने कामको एकल प्रयोजनका लागि भएको होइन । निर्वाचनको परिणाम र्सार्वजनिक भए लगत्तै धेरै सिट आउने धेरै रमाए,थोरै सिट जित्नेहरु किन र कसरी यस्तो भयो समिक्षा गर्न थाले । जस्ले जस्तो परिणाम ल्याएका किन नहुन सवैले एक पटक घोरिएर नेपाली यूवाको अनुहार, व्यवहार झलझली संझिए । यूवा परिचालन र यूवाको भुमिकालाइ फेरी संश्लेषण गर्न थालेका छन् ।
निर्वाचन पछि हरेक राजनीतिक दलले गरेको चुनावी समिक्षामा यूवाका वारेमा गम्भिर विश्लेषण गरेका छन् । सवैभन्दा वढी सिट जित्ने नेकपा माओवादीले जित्नुका कारणमा युवा सहयोग र परिचालन भनि उल्लेख गरेको छ । अपेक्षित परिणाम ल्याउन नसकेका नेपाली कांग्रेस र नेकपा एमालले हार्नुका कारणहरुमा तल्लो श्रेणीमा भए पनि यूवा सक्रियता र परिचालन गर्नमा पार्टर्ीीे नेत्तृत्वदायी भुमिकाको अभाव भनि जनाएका छन् ।
जव जव असहज परिस्थिती आउने गर्छ त्यो वेला यूवालाइ अगाडी सोझ्याउन खपिस नेपालका राजनीतिक दलहरुलाइ नयाँ संविधान निर्माणका वेला यूवाको सवाललाइ सम्वोधन गर्न सक्षम हुने हुन् वा होइनन् भविष्यले ने वताउला । यूवालाइ सधै अहृाएको काम मात्र गर्छन् भन्नमा सिमित रहे भने नेपालका राजनीतिक दलले नराम्रो धक्का खानर्ुपर्छ । अझ नेकपा माओवादीले यो वुझ्नु जरुरी छ । माओवादी यो हैसियतको पार्टर्ीीन्न कति यूवाले वलिदानी गरे - एके ४७ वोक्ने र व्रि्रोहको आगो फैलाउने काममा यूवाको भुमिका कति छ - माओवादी अहिले यसरी स्थापित हुनुमा कस्को भुमिका कति छ - होसियार । एक्काइसौं शताव्दीका यूवा काममा इमान्दारीता देखाउँछन् तर विश्वास र वचनलाइ समात्न पछि पर्ने छैनन् । राणा शासन विरोधी आन्दोलन देखि ज्ञानेन्द्र र राजतन्त्र विरोधी आन्दोलनको अग्रिम मोर्चामा उभिएका यूवालाइ झुक्याउने वा फकाउने धृष्टता नर्गनु नै दलहरुलाइ श्रेष्यकर हुनेछ । र्सर्ंघष र संघिन घडिमा तपाई नेतालाइ पछाडि राखेर आफु अगाडि सरेको विगत साक्षि छ । नेपाली यूवा त्यस्तो पंक्ति हो जस्ले परिर्वतन र रुपान्तरणका लागि सधै अविचलित र्सघषको इतिहास लेखेको छ ।
यूवाहरु ज्ाोशिदा र हौंशिदा दुःखी हुने र यूवाहरु निरास र खिन्न हुँदा खुःसी हुने वानी नेत्तृत्वका लागि त्यति राम्रो होइन । वरु यूवाको आवेग,आक्रोस र संवेगलाइ उर्जाका रुपमा लिनु र त्यसलाइ शक्तिमा वदल्नु नै नेतृत्वको खुबी ठहरिनेछ । तपाई हामिलाइ थाह छ इतिहास अप्ठेका कालखण्डमा निरङ्गकुश तानाशाहाका बिरुद्दमा लड्दै भिड्दै कहिल्यै नहार्ने यूद्धको शंखघोष गर्ने हामि नै हो । २००७, २०३६, २०४६ र २०६२ ६३ को महान् जनआन्दोलनमा राष्ट्रीयता र स्वतन्त्रताका लागि लडेर आम नेपाली नागरिकलाइ बिजयी वनाउने मुख्य दस्ता हामि युवा नै हौँ । हामि नयाँ नेपाल निर्माणको दिशामा हिडेका छौ । जनताले संबिधानसभाको निर्बाचन मार्फ स्पष्ट म्याण्डेट दिएर पठाएका छन् तर यो जनादेशको कसैले पनि विपरित जाने दुष्प्रयास गर्नु हुँदैन । सवैभन्दा ठुलो दल वनेको नेकपा माओवादीलाइ मैले एक्लै सरकार चलाउँछु भन्ने अहंकार नपलाओस ,दोस्रो र तेस्रो दल वनेका नेपाल्ाी कांग्रेस र नेकपा एमालेले पनि माओवादी एक्लै चलाओस भनेर घर्ुर्कि लाउने ध्वाँस नदेखाओस । संविधान निर्माणको प्रक्रिया झनै जटिल छ । राम्रो संविधान लेख्न सवै विचार र सिद्धान्तका वीच वहस चल्नर्ुपर्छ ।
संविधान निर्माण गर्ने यो दुइ वर्षो अवधीमा हामि यूवाको खबरदारिको झन वढी आबश्यक छ । हामि सुन्दर नयाँ नेपाल खोजिरहेका छौ, जुन समुन्नत र समृद्ध हुनेछ । नागरिक र्सार्वभौम र स्वाभिमानी हुनेछन् । सामन्तबाद र निरङ्गशताका सम्पर्ूण्ा जञ्जीरहरु सदाका लागी चुडिने छन् । कुनै समुहर्,वर्ग,लिङ्ग,जाती र संस्कृतिका जनता कसैबाट शोषित हुनु पर्ने छैन । शिक्षा स्वाथ्य र रोजगार संविधानले मौलिक अधिकारका रुपमा स्थापित गर्नेछ । सक्षम योग्य र इमान्दार मानिसहरुले भष्ट्ाचार मुक्त शासन सत्ता सञ्चालन गर्नेछन् । कहिल्यै हार्न नजान्ने यी संग्रामी तन र मनहरु क्दाचित ओइलाउने छैनन् । यूवा विचलित हुने र थाकियो भने हाम्रो भावि पुस्ता र सन्ततीले दुःख पाउनेछ । राजा र राजतन्त्रलाइ दोष दिने अव कुनै ठाउँ रहने छैन त्यसैले वेलैमा सोच्नु वुद्धिमानी हुने । गरिबी, अशिक्षाको र पछौटेपन हाम्रा दोष हुन यी समस्यावाट मुक्ति पाउन नयाँ संविधानले मुलुकको प्रगतिशिल आर्थिक नीति अवलम्वन गर्ने खाका वनाउनर्ुपर्छ ।
बिगतको कमजोरीलाइ शिक्षाका रुपमा लिदैं प्राप्त उपलव्धीको रक्षा र लिपीवद्ध गर्दै अगाडि वढ्नु यूवाको दायित्व ठहर्नेछ । असल नेतृत्वका गुणहरु अनुशरण गर्दै,प्रकृतिका नियमलाइ पाठ मान्दै भोलीको वागडोर सम्हृाल्न तयार रहनर्ुपर्छ । समाज र देशको बिकाशको लागी इमान्दारिताको कसीमा खारिन सक्ने ब्यक्तिले अब नेतृत्व पाउन कठिन हुनेछैन भन्नेमा हामि विश्वस्त छौं । नेतृत्व लिने भन्दैमा समाज सेवा वा राजनीति गर्ने नेता बन्नर्ुपर्छ भन्ने होइन । आफ्नो क्षमता,दक्षता वढाउने र कार्यरत क्षेत्रमा अगुवाइ गर्नु नै सच्चा नेतृत्व लिनु हो ।
आदरणिय यूवा मित्र तपाँइ अध्ययनमा हुनुहुन्छ भने अध्ययनको साथ साथै नेपाली समाजको अवस्थालाइ विश्लेषण गर्न थाल्नुस, पढेर जागिरे जिवन विताउँदै हुनुहुन्छ भने जागिरलाइ मर्यादित र सम्मानित वनाउने प्रयत्न गर्नुहोस, आर्थिक समस्याले गालेर विदेश पस्नु भएको छ भने राष्ट्रियता संझेर नेपालमै पूँजी निर्माण गर्ने आँट गनुहोस । यसैमा यूवाको कल्याण छ । नेपाल र नेपालीको हित छ ।